एउटा वडाको मत गन्न बाँकी छँदै भानुको प्रमुखमा त्रिपाठी, उपप्रमुखमा गोतामे विजयी

  • ख-
  • ख+

भन्सारः भानु ८ को मतगणना नसकिंदै नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार आनन्दराज त्रिपाठी विजयी भएका छन् । उनले हालसम्म प्राप्त गरेको १० हजार नौ सय ३७ मत
भानु ८ को बाँकी छँदै एमालेका प्रतिष्पर्धी एमालेका सीताराम बजगाईंभन्दा तीन हजार तीन सय मतले अगाडि छन् ।


बजगाईंले यो समाचार तयार पार्दासम्म सात हजार छ सय ४९ मत पाएका छन् ।
यस आधारमा भानुको नगर प्रमुखमा आनन्दराज त्रिपाठी निर्वाचत भएका हुन् । भानु ८ को पूर्ण नतिजाका आधारमा उनको मतान्तर प्रष्ट हुने देखिन्छ ।
नगर उप प्रमुख पदमा पनि कांग्रेसकी उमा गोतामे विजयी भएकी छन् ।


उनले नौ हजार तीन सय ५३ मत पाउँदा निकटतम प्रतिष्पर्धी जोशी समूहका एमाले समेतको समर्थन पाएका स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले चार हजार आठ सय ६७ मत पाएका छन् । जुन गन्न बाँकी मतको तुलनामा जितका लागि पर्याप्त छ ।
अब भानु ८ को नतिजापछि दुवैको जितको औपचारिक अन्तर प्रष्ट हुनेछ ।


दुवैको हालसम्मको मतपरिणाम यस्तो छः
भानु नपा अपडेट
प्रमुख
आनन्दराज त्रिपाठी (रुख)ः १०९३७
सीताराम बजगाईं (सूर्य)ः ७,६४९

उप प्रमुख
उमा गोतामे (रुख)ः ९३५३
केशरबहादुर गुरुङ (कैंची)ः ४८६७

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी