व्यास मतगणना अपडेटः सहरी क्षेत्रमा दीपकलाई अग्रता (ताजा मतसहित)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको मध्यरातबाट शुरु मतगणनाका क्रममा सहरी क्षेत्रको मतरुझानले स्वतन्त्रका नगर प्रमुख उम्मेदवार दीपकराज जोशीलाई अग्रता दिलाएको छ ।

कांग्रेसका प्रमुख उम्मेदवार एवं निवर्तमान प्रमुख बैकुण्ठ न्यौपाने र जोशीबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएकामा प्रारम्भिक रुझानले जोशीले अग्रता लिएको देखाएको हो ।
न्यौपाने केही मतान्तरले पछि पछि छन् ।

व्यासको एकसाथ मतगणना भैरहँदा व्यास १ मा कांग्रेस तथा अन्यमा जोशी र एमालेको गठबन्धनले अग्रता लिएको देखाएको छ । उपप्रमुख पदमा जोशी समूहको समर्थन पाएकी एमाले उम्मेदवार बसुन्धरा घर्तीभन्दा कांग्रेसकी उपप्रमुख उम्मेदवार इन्दिरा दरै केही अगाडि छन् ।


वडाध्यक्ष्ाहरुमा भने कांग्रेस उम्मेदवारहरु नै अघि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी