शुक्लागण्डकीको प्रमुखमा कांग्रेसका कृष्णराज पण्डित निर्वाचित

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकीको प्रमुखमा नेपाली कांग्रेसका कृष्णराज पण्डित निर्वाचित भएका छन् । मतगणना जारी रहे पनि उनले लिएको अग्रता र गन्न बाँकी मतका आधारमा पण्डित निर्वाचित भएका हुन् ।

दमौली न्यूजले प्राप्त गरेको पछिल्लो मतपरिणामअनुसार पण्डितले ११ हजार ६ सय २२ मत ल्याउँदा उनका प्रतिष्पर्धी एमालेका उप प्रमुख उम्मेदवार मुक्ति तिमिल्सनाले नौ हजार तीन सय ३७ मत पाएका छन् ।

करिब एक हजार मत गन्न बाँकी रहे पनि पण्डितले पाएको अग्रता दुई हजार दुई सय ८५ का आधारमा उनको जित प्रष्ट भएको छ ।

यस अघि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष रहिसकेका व्यवसायिक छविका पण्डित कांग्रेसमा पनि यस अघि महाधिवेशन प्रतिनिधिको भूमिकामा थिए । पण्डित माओवादीसमेतको समर्थनमा नगर प्रमुखको चुनाव लडेका थिए ।

उनलाई नेकपा एसको पनि साथ थियो ।

एमालेको प्रभावक्षेत्र मानिएको शुनपामा पण्डितले शुरुवातदेखि नै अग्रता लिएर जित सहज दर्ता गरेका हुन् ।
उपप्रमुखमा पनि गठबन्धनका माओवादी उम्मेदवार खुम विक अग्रपंक्तिमा छन् । उनीभन्दा एमाले उपप्रमुख उम्मेदवार फूलमाया वाग्ले केही पछि छन् ।

शुक्लागण्डकी नगरपालिकामा २५ हजार सात सय ४७ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी