रिस्तीमा मतदान शुरु, ९९ वर्षे बिर्खबहादुरको मतबाट शुरुआत

  • ख-
  • ख+

दमौलीः मेयरका उम्मेदवारमाथि आक्रमणपछि स्थगित व्यास ८ रिस्तीको मतदान शुरु भएको छ । निर्वाचन आयोगले विगतको मतदान स्थगन गर्दै बुधबारका लागि मतदान तोकेकामा बिहान ७ बजेबाट नै मतदान शुरु भएको छ ।


मतदानको स्थानीय ज्येष्ठ नागरिक ९९ वर्षका बिर्खबहादुर गुरुङले मतदान गरी शुरुवात गरे ।

विगतमा झडपको स्थिती आएको भन्दै यसपाली विशेष शुरक्षाका साथ मतदान कार्य चलिरहेको बताइएको छ । मतदानको अनुगमनका लागि पर्यवेक्षक तथा सुरक्षाका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी