ऋषिङ ८ मा कांग्रेसका बागी भरतकृष्ण वडाध्यक्ष निर्वाचित

  • ख-
  • ख+

ऋषिङः ऋषिङ ८ को वडाध्यक्षमा भरतकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चुनाव चिह्न लिएर मैदानमा उत्रिएका श्रेष्ठले नाताले आफन्त पर्ने दानबहादुर श्रेष्ठ र एमालेका रितबहादुर थापालाई पराजित गरे ।

कांग्रेसका जिल्ला कार्य समिति सदस्य समेत रहिसकेका श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिए पछि उनी कारबाहीमा परेका थिए । उनले पाएको पुतली चिह्नमा तीन सय ९७ मत पाउँदा एमालेका थापाले तीन सय ८० मत पाए भने कांग्रेसका दानबहादुरले तीन सय २७ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित भरतकृष्ण माओवादीद्वारा हत्या गरिएका सहिद सरस्वतीकृष्ण श्रेष्ठका छोरा तथा हालका अध्यक्ष निर्वाचित राजेन्द्रकृष्ण श्रेष्ठका काका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी