
बिकास खनाल
गुणादी: सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड थर्पुले पहिलोपटक सेवा केन्द्र थपेको छ । २०६५ सालदेखि म्याग्दे गाउँपालीका स्थित थर्पुमा सन्चालन भैरहेको सहकारीले यहि असाेज १८ गते अाइतबारका दिन बिहान ११ बजे देखि गुणादी मा सेवा केन्द्र बिस्तार गर्न लागेको सहकारीका अध्यक्ष हरिबहादुर थापाले बताए ।
साविक छाङ्ग , मनपाङ र जामुने गाविस का स्थानीय अगुवा ब्यक्तिहरूबाट सन्चालित यश सहकारी म्याग्दे गाउँपालिका भरिकै अग्रणी र सफल सहकारीको रूपमा चिनिन्छ । ९८२ जना भन्दा बढी सेयर सदस्य रहेको सहकारी तनहुँ जिल्लाकै अब्बल सहकारीमा पर्दछ । सहकारीले ग्राहक बर्गकाे मागलाई मध्यनजर गर्दै अधिकांश सेवा तथा सुविधा एकैठाउँबाट दिँदै पनि अाइरहेकाे छ ।
रेमिट्यान्सको सुविधा , टेलिफोन , बत्ती , पानी , इन्टरनेट काे बिल भुक्तानी काे सुविधा , माेवाइल रिचार्ज तथा डिसहाेम रिचार्ज काे लागि थर्पु कार्यलय बाट बिगत लामो समयदेखि सुविधा दिंदै अाएकाे र सेवा केन्द्र गुणादी बाट पनि ती सबै सुविधा हरू दिईने सहकारीका ब्यबस्थापक रमेश श्रेष्ठले बताए ।
५ कराेड भन्दा बढि पुँजि रहेको सहकारी धेरै मानिसको दुखकाे साथी पनि बनेको छ । मानिसहरूलाइ रकमको अाबस्यकता पर्दा सहज तथा छिटोछरितो तरिकाले दिने गरेको हुँदा सहकारी प्रति सर्वसाधारणको लगाव र बिस्वास बढ्दै गएको बताईन्छ ।
सेवा केन्द्र कार्यलयकाे अाइतबार बिहान ११ बजे १ कार्यक्रमका बिच म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको सहकारीका उपाध्यक्ष मनाेज अधिकारीले बताए ।