ऋषिङ अपडेटः अध्यक्षमा राजेन्द्रकृष्णको पुनरागमन, उपाध्यक्षमा गिनुमाया निर्वाचित

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाको अध्यक्षमा पुनः राजेन्द्रकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । यस अघि पनि अध्यक्ष निर्वाचित श्रेष्ठ कांग्रेसका तर्फबाट यसपाली पुनः अध्यक्षको दौडमा थिए ।


पुतली चिह्न लिएका श्रीराम आले र एमालेका हरिराज कँडेललाई हराउँदै अध्यक्षमा पुनः निर्वाचित श्रेष्ठले तीन हजार तीन सय ३५ मत पाए ।
आलेले तीन हजार ३३ मत पाउँदा कँडेलले दुई हजार सात सय ९२ मत पाएका थिए ।

उपाध्यक्षमा गिनुमायाको निरन्तरता
गाउँपालिकाको उपाध्यक्षमा यसअघिकै उपाध्यक्ष गिनुमाया थापाले निरन्तरता लिएकी छन् । उनले चार हजार चार सय २९ मत पाउँदा माओवादी केन्द्रका मधु थापाले तीन हजार चार सय ८९ मत पाए ।
मंगोल नेशनल अर्गनाइजेशनकी बसन्ती अािलेले एक सय ७७ मत पाइन् ।
गाउँपालिकामा एमाले र माओवादीले गठबन्धन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्