बन्दीपुर अपडेटः आश्चर्यजनक ट्विस्टसँगै बन्दीपुर अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

  • ख-
  • ख+

बन्दीपुर: शुरुवाती गणनाको रुझानमा अप्रत्यासित ट्विस्ट निकाल्दै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा विजयी भएका छन् ।

कडा प्रतिष्पर्धामा उनले माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार तथा निवर्तमान अध्यक्ष पूर्णसिं थापालाई हराएका हुन् ।

अध्यक्षमा विजयी एमालेका थापाले तीन हजार दुई सय २९ मत पाउँदा निवर्तमान अध्यक्ष थापाले तीन हजार एक सय ६६ मत पाएका छन् ।

उपाध्यक्षमा भने कांग्रेसकी पञ्चमाया गुरुंगले शुरुवाती रुझानअनुसार नै दुई मतान्तरले जित प्राप्त गरेकी छन् ।


उपाध्यक्षमा दुई मतको झिनो अन्तरले कांग्रेसकी उपाध्यक्ष गुरुंग विजयी भएकी हुन् । उनले तीन हजार २७ मत पाउँदा माओवादी केन्द्रकी पूर्व उपाध्यक्ष तथा उपाध्यक्ष उम्मेदवार करुणा गुरुङले तीन हजार २५ मत पाइन् ।
दुई मतको सानो अन्तरले करुणाले दोश्रो कार्यकाल दोहोर्याउन पाइनन् ।

गठबन्धन कुनै पनि दलसँग नभएको बन्दीपुरमा एमाले उम्मेदवारलाई भने कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले सघाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी