म्याग्देका कार्यवाहक अध्यक्षलाइ काङ्ग्रेसको कार्वाही सिफारिस

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवशरण वाग्लेलाई कांग्रेसले कारबाही सिफारिस गरेको छ । स्थानीय चुनावमा पार्टीका आधिकारिक उमेदवारलाई सहयोग नगरी बागी उमेदवारलाई सहयोग गरेको आरोप लगाउँदै वाग्ले लगायत ७ जनालाई साधारण सदस्य समेत नरहने गरि कार्वाहीको सिफारिस गरेको छ ।


म्याग्दे १ का पार्टी सभापति बिनोद दत्त खनालको अध्यक्षतामा सोमबार गुणादीमा बसेको बैठकले वाग्ले सहित जगत बहादुर थापा , दुर्गा बहादुर थापा , महेन्द्र आले , शिरोमणि खनाल , रन्जित आले र डम्बरबहादुर आले लाई कार्वाही गर्न माग गरेको छ ।

बैठकमा महाधिवेशन प्रतिनिधि चामबहादुर थापा , बिजयराज खनाल , यदुनाथ खनाल लगायतको उपस्थिति रहेको थियो । हिजो सम्पन्न मतपरिणाममा वडा नं १ का काङ्ग्रेस उमेदवार विनोद खनाल एमाले उमेदवार सँग १६३ मत अन्तरले पराजित हुँदा खनालका बागि बिष्णुबहादुर थापाले २७९ मत ल्याएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी