बन्दीपुर अपडेटः मतगणनामा सरप्राइज, माओवादी र एमालेको बराबरी

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाको मतगणना परिणाममा एमालेले आश्चर्यजनक अग्रता लिएको छ ।
गाउँपालिकामा कुल खसेको १०,२०५ मतमध्ये हालसम्म भएको ७४२३ गणनामा माओवादीका अध्यक्ष उम्मेदवार पूर्णसिं थापा र एमालेका उम्मेदवार सुरेन्द्र थापाबीच बराबरी देखिएको छ ।


शुरुवातदेखि नै अग्रता लिएका थापाको गतिमा तत्कालका लागि एमालेका थापाले ब्रेक लगाएका छन् ।
माओवादीका पूर्णसिं र एमालेका सुरन्द्र दुवैले २४०० मत पाउँदा कांग्रेसका ध्रुवलाल प्रधानले भने १८७३ मत पाएका छन् ।

१,४ र ५ को गणना सकिंदा अहिले २ र ६ को गणना भैरहेको छ । ३ वडाको भने मत गन्न बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्