म्याग्दे अपडेटः अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेसको निरन्तर अग्रता

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले शुरुवातदेखि नै निरन्तर अग्रता लिइरहेका छन् ।

कुल गणना भएको ९३६० मतमा श्रेष्ठले ३९५८ मत पाएका छन् । उनलाई पछ्याइरहेकी निवर्तमान अध्यक्ष एवं कांग्रेसकी अध्यक्ष उम्मेदवार माया रानाले ३३६९ मत पाएकी छन् ।

उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष एवं कांग्रेसका उपाध्यक्ष उम्मेदवार बालकृष्ण घिमिरेले ४०८४ मत पाउँदा एमाले उपाध्यक्ष उम्मेदवार रत्नादेवी घिमिरेले ३२६४ मत पाएकी छन् ।
म्याग्देमा ११ हजार नौ सय ४३ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी