बन्दीपुर अपडेटः बन्दीपुरमा पूर्णसिंको निरन्तर अग्रता

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले निरन्तर अग्रता लिइरहेका छन् ।

५१५९ मत गणना हुँदा थापाले १८२६ मत पाएका छन् ।

नेकपा एमालेका सुरेन्द्र थापाले १५७४ तथा नेपाली कांग्रेसका ध्रुवलाल प्रधानले १२८६
मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादीकी करुणा गुरुंगले १६४१ मत पाएर अग्रता लिएकी छन् । कांग्रेसकी पञ्चमाया गुरुंगले १४११ मत पाउँदा जोशी समूहकी केशमाया गुरुंगले ८३३ मत पाएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी