शुक्लागण्डकी अपडेटः मेयरमा पण्डितको निरन्तर अग्रता

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार कृष्णराज पण्डितले निरन्तर अग्रता लिएका छन् ।

शुरुवातदेखि नै अग्रता लिइरहेका पण्डितले एमालेका उम्मेदवार मुक्ति तिम्सिनासँगको अग्रता फराकिलो पारिरहेका छन् ।

पण्डितले ४८५६ मत पाउँदा तिम्सिनाले ३६०७ मत पाए ।
उप प्रमुखमा एमाले उम्मेदवार फूलमाया वाग्लेले ३५४२ मत पाउँदा माओवादी केन्द्रका खुम विकले ३८५२ मत पाए ।

यसैबीच, शुनपा २ मा नेपाली कांग्रेसका सुमन राना वडाध्यक्ष निर्वाचित भएक छन् । एमालेका तीर्थराज खनाललाई पराजित गर्दै राना अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडामा बाँकी सदस्य भने एमालेबाट विजयी भएका छन् । एमालेको प्रभाव भएको वडामा रानाले अप्रत्यासित जित निकालेका हुन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी