बन्दीपुर १ को वडाध्यक्षमा एमालेबाट सञ्चार उद्यमी शिवकुमार निर्वाचित

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर १ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । रेडियो छिम्केश्वरी तथा पावर एफएमका सञ्चालक समेत रहेका उनी एमालेका वडाध्यक्ष थिए ।


श्रेष्ठले प्रतिष्पर्धी निवर्तमान वडाध्यक्ष भानुभक्त पोखरेललाई पराजित गरेका हुन् ।
विजयी श्रेष्ठले ९०९ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार भानुभक्त पोख्रेलले ६८१ तथा नेपाली कांग्रेसबाट इमनाथ खनालले ६७६ मत पाए ।


यसअघिका वडाध्यक्ष पोखरेलले पराजित भएसँगै दोश्रो कार्यकाल दोहोर्याउन पाएनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी