
ऋषिङः ऋषिङ गाउँपालिकाको अध्यक्षमा पछिल्लो समय कांग्रेसले निरन्तर अग्रता लिएको छ । यस अघि एमालेले लिएको साँघुरो अग्रतालाई पछि पार्दे कांग्रेस अघि देखिएको हो ।
कुल गणना भएको २५४० मतमा कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले ८२७ मत पाएका छन् ।
उनीभन्दा पछि परेका एमालेका अध्यक्ष उम्मेदवार हरिराज कँडेलले पछ्याइरहेका छन् । उनले ७८९मत पाएका छन् ।
पुतली चिह्न लिएका स्वतन्त्र उम्मेदवार श्रीराम आलेले ४८० मत पाएका छन् ।
कांग्रेस उपाध्यक्ष उम्मेदवारले १०१७ मतका साथ अग्रता पाउँदा उपाध्यक्षमा माओवादी उम्मेदवारले ९३८ मत लिएर पछ्याइरहेकी छन् ।
उता, ऋषिङ २ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दलबहादुर थापा ४६१ म्तका साथ विजयी भए । सदस्यमा पानकुमारी खाँड महिला, दलित महिलामा जमुनामाया दमाइ, खुला सदस्यमा देविबहादुरशाही तथा पहलसिं सारु विजयी भएका छन् ।