ऋषिङ अपडेटः ऋषिङको अध्यक्षमा एमालेलाई साँघुरो अग्रता

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाको अध्यक्षमा एमालेले अग्रता लिएको छ । यस अघि कांग्रेसले लिएको साँघुरो अग्रतालाई पछि पार्दै एमालेले पनि केही मतले अग्रता लिएको छ ।

कुल गणना भएको १०३९ मतमा एमालेका अध्यक्ष उम्मेदवार हरिराज कँडेलले ३३९ मत पाएका छन् ।
उनीभन्दा १० मत कमले कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले पछ्याइरहेका छन् । उनले ३२९ मत पाएका छन् ।

पुतली चिह्न लिएका स्वतन्त्र उम्मेदवार श्रीराम आलेले १९४ मत पाएका छन् ।
उपाध्यक्षमा माओवादी उम्मेदवारले ४१८ मत पाउँदा कांग्रेस उपाध्यक्ष उम्मेदवारले ४१३ मतका साथ पछ्याइरहेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्