कोरोना संक्रमणमा नयाँ रेकर्डः एकै दिन २७२२ संक्रमण

  • ख-
  • ख+

काठमाडौं: नेपालमा आज अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । जसमा २१ हजार २३४ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ हजार ३०७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

२१ हजार ७ सय ५४ जनामा हाल कोरोनाको सक्रिय संक्रमण देखिएको छ ।

स्वास्थ्य सचिव संयोजक रहेको एक समितिले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लक डाउन गर्नका लागि सिफारिस गरेको थियो । यही दरमा संक्रमण फैलिएमा केही दिनमै त्यो स्तर कट्न सक्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी