शुक्लागण्डकीको मतगणनामा कांग्रेसको शुरुवाती अग्रता

  • ख-
  • ख+

दुलेगौंडाः जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ को मेयरमा नेपाली कांग्रेसले सुरुवातमा अग्रता कायम गरेको छ । शुक्लागण्डकी नगरपालिका–१ मा १०० मत गणना गर्दा गठबन्धन तर्फबाट कांग्रेसका उम्मेद्वार कृष्णराज पण्डितले ४९ मत सहित अग्रता कायम गरेका हुन् । मेयर पदका प्रत्यासी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले भने ४५ मत प्राप्त गरेका छन् ।

यसै गरि उपमेयर पदमा नेकपा एमालेकी फुलमाया वाग्लेले ४५ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् भने गठबन्धनका तर्फबाट माओवादीका खुमबहादुर विक राजुले २९ मत प्राप्त गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका–१ मा वडाध्यक्षका उम्मेद्वार नेपाली काँग्रेस रबिचन्द्र पौडेल ५० मत र एमाले रघुनाथ पौडेल ४५ मत प्राप्त गरेका छन् । शुक्लागण्डकी नगरपालिकामा १२ बजेदेखी मतगणना सुरु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्