बन्दीपुर मतगणनाः अध्यक्षमा माओवादीलाई निरन्तर अग्रता, उपाध्यक्षमा कांग्रेस अघि

  • ख-
  • ख+

बन्दीपुरः स्थानीय तह निर्वाचनको मतगणना परिणामले बन्दीपुरको अध्यक्षमा माओवादी तथा उपाध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ ।

शुरुवातदेखि नै अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार पूर्णसिं थापा पहिलो स्थानमा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका ध्रुवलाल प्रधान दोश्रो तथा एमालेका सुरेन्द्र थापा तेश्रो स्थानमा निरन्तर छन् ।

उपाध्यक्षमा भने कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसकी पञ्चकुमारी गुरंग थोरै मतले पहिलो हुँदा दोश्रोमा माओवादीकी करुणा गुरुंग दोश्रो तथा जोशी समूहकी केशमाया गुरुंग तेश्रो अवस्थामा छन् ।
पछिल्लो परिणाम यस्तो छ ः

१४०० मत गन्दा अध्यक्षमा नेपाली काङ्ग्रेस :398 नेकपा माओवादी :473 नेकपा एमाले:396 उपाध्यक्ष नेपाली काङ्ग्रेस :461 स्वतन्त्र :213 नेकपा मावाओदी 438

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी