म्याग्दे अपडेटः अध्यक्षमा एमालेको अग्रता, उपाध्यक्षमा कांग्रेस अगाडि

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेले निरन्तर अग्रता लिइरहेको छ ।

गाउँपालिकाको केन्द्रमा निरन्तर जारी मतगणनाका क्रममा हालसम्म करिब २ हजार मत गणना हुँदा अध्यक्षका उम्मेदवार एमालेका श्रीप्रसाद श्रेष्ठले अग्रता लिएका हुन् । तर अग्रताको स्तर भने ठूलो छैन । कांग्रेस उम्मेदवार माया राना करिब ५० मतले मात्र पछाडि छन् ।

उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार नै अगाडि छन् ।
पछिल्लो अपडेट यस्तो छ ।

म्याग्दे अपडेट: ! जम्मा २६८१ मत गणना मा

नेपाली काङ्ग्रेस अध्यक्ष : ९६०
उपाध्यक्ष :१२६७

नेकपा एमाले अध्यक्ष : १३५६
उपाध्यक्ष : १०६७

माओवादी केन्द्र अध्यक्ष :१६६
उपाध्यक्ष :१४४

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी