पुल दुई पटक बाढीले लगेपछि तेश्रो पटक कजवे निर्माण

  • ख-
  • ख+

दमौलीः पटक पटकको बाढीले पुल बगाएर लगे पछि म्याग्दे ४ र ७ जोड्ने म्याग्दे खोलामा तेश्रो पटक कजवे निर्माण गरिएको छ ।

खोलामा निर्मित मोटरेबल पुल गत असार २८ को बाढीले बगाए पछि गाउँपालिकाको दुई लाख रुपैयाँ सहयोगमा खोलामा अस्थायी कजवे तयार पारिएको थियो ।

तर गत असोज ६ गतेको बाढीले पुनः ह्युम पाईप बगाएर लगे पछि उपभोक्ताको सक्रियतामा ८० हजार खर्चमा कजवे तयार पारिएको अनुगमन समितिका सदस्य एवं तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईका सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

कजवेका लागि थर्पु बजार खानेपानी तथा सरसफाई समितिले २० हजार तथा बाँकी रकम उपभोक्ताले सहयोग गरेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी