जीपीका संक्रमित ल्याब टेक्निसियनको सम्पर्कमा ५० स्वास्थ्यकर्मी

  • ख-
  • ख+

दुलेगौंडा: एक ल्याब टेक्नििसियनमा संक्रमण भेटिएपछि बन्द जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रका ५० जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । काठमाडौंबाट केही दिन अघि फर्केकी ती कर्मचारीमा ज्वरो देखिएपछि गरिएको परीक्षणका क्रममा बिहिबार संक्रमण पुष्टि भएको थियो ।

उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी अधिक भएकाले केन्द्र त्यसयता आकस्मिकसहित सबै सेवासहित बन्द गरिएको छ ।

सम्पर्कमा आएका स्वास्थ्यकर्मीको परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट नआउँदासम्म कुनै पनि सेवा दिन नसकिने केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । ‘२४ घण्टै ड्युटीमा खटिनुपर्ने भएका कारण सबैको एक आपसमा सम्पर्क हुन्छ,’ उनले भने,‘त्यसैले नतिजा नआउँदासम्म सबै स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्नु परेकाले अस्पतालको सेवा दिन सकिएन ।’

संक्रमण बढेमा तनाव
एकै पटक अधिकांश स्वास्थ्यकर्मीको नमूना पठाइएकाले पोजिटिभ आएमा के गर्ने भन्ने तनावमा केन्द्र छ । ‘संक्रमण बढीमा देखियो भने आईसोलेसनमा राख्न नसकिने हो कि भन्ने चिन्ता छ,’ श्रेष्ठले भने,‘५० जना क्षमताको आइसोलेसनमा अहिले २६ जना छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी