तनहुँका ३४८ ले जिते कोरोना

  • ख-
  • ख+

दमौलीः तनहुँका ३ सय ४८ जनाले हालसम्म कोरोना जितेका छन् । हालसम्म जिल्लामा ४ सय ४१ जनामा संक्रमण देखिएकामा ८८ जनामा मात्र हाल सक्रिय संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हालसम्म ५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ३ हजार ९ सय ८६ जनामा संक्रमण देखिएकामा २ हजार ८ सय ३१ जनामा संक्रमण भेटिएको थियो भने हाल १ हजार १ सय २२ जनामा संक्रमण सक्रिय छ । प्रदेशमा ३३ जनाले हालसम्म ज्यान गुमाएको निर्देशनालयले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्