ब्याटलग्राउण्ड शुक्लागण्डकीः गठबन्धन र व्यक्तिगत बलमा जितप्रति आशावादी कृष्णराज

  • ख-
  • ख+

दुलेगौंडाः एमालेको प्रभाव क्षेत्र भए पनि शुक्लागण्डकीमा गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पदमा विजय प्राप्त गर्यो । दुई दलीय गठबन्धनका अलावा जनजाति मत तानेर गठबन्धन चुनावमा विजयी भएको थियो ।


तर, अहिले त्यो अंकगणित बदलिएको छ । एमाले विभाजित छ । अनि दुई दलीय गठबन्धन कायमै छ । एमालेले रामचन्द्र उपाध्यायको ठाउँमा मुक्ति तिम्सिनालाई उम्मेदवार बनाएको छ । कांग्रेसले पनि प्रमुखका रुपमा नयाँ अनुहारका रुपमा कृष्णराज पण्डितलाई उभ्याएको छ ।


चुनावी हिसाबकिताबमा राम्रो अनुभव भएका अनि शुक्लागण्डकी नगरपालिकामा सामाजिक तथा व्यवसायिक छवि निर्माण गरेका कृष्णराज पण्डित आफ्नो व्यक्तिगत प्रभावसँगै कांग्रेस र माओवादीको साथ अनि विगतमा सामाजिक संस्थाको कुशल नेतृत्व गरेको प्रभावका आधारमा चुनावमा विजयी हुनेमा आशावादी छन् ।


एमालेको विभाजन र नेकपा एस्को शुक्लागण्डकीको प्रभावलाई पनि पण्डितले जितका लागि पर्याप्तको हिसाब निकालेका छन् ।

व्यवसायीका अलावा सामाजिक काममा खुलेर सहयोग गर्ने छवि बनाएका पण्डितका पक्षमा खुलेको पार्टी पंक्ति अनि गठबन्धनको समेत साथले चुनावी अन्तिम समयसम्म घरदैलोमा व्यस्त पण्डितले अबका केही दिनभित्रै नगरको नेतृत्वको कुर्सीमा आफूलाई पाउने अपेक्षा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी