
दमौलीः स्थानीय तह निर्वाचनका लागि मतदान गर्न भन्दै सरकारले वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
आम निर्वाचनका दिन बिदा दिने सरकारी परम्पराअनुसार नै आइतबार बसेको मन्त्रिपरिषद बैठकले चुनावका दिन बिदा दिने निर्णय गरिसकेको थियो ।
सरकारले भने सोमबार मात्र निर्णय सार्वजनिक गरेको छ । यससँगै चुनावको भोलिपल्ट समेत सार्वजनिक बिदा र आइतबार यस अघि नै बिदा दिन थालिएकाले मतदाताले ढुक्कसँग आफ्नो घर गएर मत खसाल्न पाउने भएका छन् ।
