प्रदीपको गृहनगर शुक्लागण्डकीमा कांग्रेसलाई मेयरमा सघाउने घोषणा गर्दै माले उपप्रमुख उम्मेदवारको कांग्रेस प्रवेश

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार कृष्णराज पण्डितसहित गठबन्धन उम्मेदवारलाई सघाउने घोषणा गर्दै नेकपा मालेका नगर उप प्रमुख उम्मेदवार शिवप्रसाद लम्साल कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहनगर शुक्लागण्डकीमा यससँगै कांग्रेस उम्मेदवार कृष्णराज पण्डित आशावादी देखिएका छन् ।

शुनपा ९ मा आयोजित चुनावी कार्यक्रममा नवप्रवेशी लम्साललाई कांग्रेस प्रवेश गराउँदै उनले कांग्रेसमा धेरैको भविष्ण् रहेको टिप्पणी गरे ।
आफू जितउन्मुख रहेको बताउँदै नगर प्रमुख उम्मेदवार कृष्णराज पण्डितले गलत प्रवृत्तिविरुद्ध विकासको एजेण्डा लिएर आफू चुनावी मैदानमा उत्रिएकाले आशावादी हुने बताए ।

‘म अरुजस्तो कमाउँछु र लाभ लिन्छु भनेर आएको होइन,’ पण्डित भन्छन् , ‘विकासका चाहना पूरा गर्न मैदानमा उत्रेको छु । सबैको साथले आशावादी छु ।’

तस्बिरः प्रदीप पौडेलको सचिवालय

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी