म्याग्दे काङ्ग्रेसका उमेदवार घर दैलोमा व्यस्त

  • ख-
  • ख+

म्याग्देः नेपाली काङ्ग्रेसबाट उमेदवार बनेका म्याग्दे गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष पदका उमेदवारहरू यतिबेला घर दैलोमा ब्यस्त रहेका छन् । म्याग्दे गाउँपालिका वडा नँ १ को बरचौर , दिर्वु , मानुङ , बर्च्याङ , बाख्रे , गुणादी , वडा नँ २ को जामुने बडहरे , काफलथोक , दम्सेरा , गौरिस्वारा , ऋषिथुम , भैंसिखर , पाटिचौर , निर्मल बस्ती , पिपलडिहि , वडा नँ ३ को धयेरे , किलचोक , वडा नँ ४ को साउनेपानि , बोटेनिटार , मुलाबारि , थर्पु , सिस्नेरि , वडा ५ को छाङ्गपाटन , थाङ्दि , पुलको मुख फुलवारि , बोटेनि , सेराफाट , वडा नं ६ को रामकोट , सर्वलाङ , तिलहार , बोरिबोट , ढोके वडा नं ७ को हर्षपुर , माझलाङ लगायतका गाउँको घर दैलोमा पुगेका छन् ।

प्रत्येक वडा , टोल र गाउँमा पुगेका अध्यक्ष पदकि उमेदवार मायादेवी रानाले आफ्नो टिमले जित्ने दावी गरिन् । ‘हामीले पहिले पनि जितेका हौँ , यसपटक पनि जित्छौँ ,’ गाउँको मतदाताको प्रतिक्रिया सुनेपछि उत्साहित हुँदै रानाले भनिन् ।

पहिला एक कार्यकाल गाउँपालिकाका जनताको सेवामा इमानदारीपूर्वक लागेको हुँदा पार्टीले विश्वास गरेर फेरि एकपटक टिकट दिएको भन्दै रानाले गर्दागर्दै नभ्याइएको अधुरा कामहरू पुरा गर्नु अवको उद्धेश्य रहेको बताइन् ।

घरदैलो कार्यक्रममा उपाध्यक्ष पदका उमेदवार बालकृष्ण घिमिरेले एक कार्यकाल बिताइसकेको हुँदा कन वडाका जनतालाई केके आवस्यक छ , कस्तो कस्तो समस्या छ आँफुलाइ थाहा भएको र निर्वाचित भए पछि तत्कालै पूरा गर्ने तर्फ लाग्ने बताए । हामीले पिच नभएको ठाउँमा नाला निर्माण गरिसकेका छौँ अब पिचको कामलाई धेरै गा¥हो हुँदैन घिमिरेले भने ।

त्यस्तै अधिकांश ठाउँमा पानी पुगिसकेको र छुटफुट ठाउँमा पुर्याउने प्रतिवद्धता ब्यक्त गरे । घर दैलो कार्यक्रममा सात वटै वडाका अध्यक्ष तथा सदस्य पदका उमेदवार हरूले आआफ्नो वडामा साथ दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी