महिलाको ज्यान गएको अभियोगमा टिपर चालक पक्राउ

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका १ माईलीडाँडामा टिपरको ठक्करबाट घाइतेको ज्यान गएको घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।


बुधबार खवासले चलाएको ग १ ख ५८७५ नं. को टिपरले गिटी खन्याउने क्रममा ठक्करबाट घाइते स्थानीय ५६ वर्षिया बसुन्धरा विकको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिहीबार ज्यान गएको थियो ।


व्यास १ चारकुने बस्दै आएका म्याग्दे ६ का खवासविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

FIle foto

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी