म्याग्दे १ मा कांग्रेसको चुनावी घर दैलो अभियान

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेसले घर दैलो अभियानलाई जारी राख्दै चुनावी प्रचार–प्रसार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

आक्रामक रुपमा चुनावी प्रचार –प्रसार अगाडि बढाएको कांग्रेसले गाउँपालिकाका ७ वटै वडाका विभिन्न स्थानमा कोण सभा र घरदैलो अभियानलाई तीब्र पारेको पार्टी सभापति रामभक्त घिमिरेले बताए ।

यसैक्रममा मंगलबार म्याग्दे १ का वडा अध्यक्षका उम्मेदवार बिनोद खनाल सहितको टोलीले मानुङ , धरादि , बर्च्याङ , बाख्रेमा चुनावी प्रचार –प्रसार अभियान कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष पदका उमेदवार राना सहितको टोली आधा दर्जन हल्का सवारी साधन र ५० वटा जति मोटर साइकल सहित घरदैलो अभियानमा गाउँमा पुग्दा गाउँको माहोल नैँ काङ्ग्रेस मय बनेको थियो ।


१ नम्बर वडाको विभिन्न स्थानका चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आलेले कांग्रेसको नेतृत्वमा विकासका काम भएका छन् भन्दै वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसका उमेदवारलाई जिताउनु पर्ने बताए । विगतमा कम्युनिष्टलाई भोट दिंदा जनता पछुताउनु परेको हुँदा अब पछुताउन नपर्ने गरि भोट हाल्न नेता आलेले आग्रह गरे ।

कोण सभामा बोल्दै अध्यक्ष पदका उमेदवार मायादेवी रानाले आफूले विगतमा पनि पालिकाका जनताको हितमा काम गरेको र आगामी दिनमा समेत काम गर्ने प्रतिबद्धता जाहेर गरिन् । १ नम्बर बासीको भावनालाई मध्यनजर गर्दै पार्टीले उम्मेदवार दिएको हुँदा सबै गोलवद्भ हुनुपर्ने रानाको भनाइ थियो । उपाध्यक्ष पदका उम्मेदवार बालकृष्ण घिमिरेले आँफु उपाध्यक्ष पदमा निर्वाचित भएमा आँफुले पाउने पारिश्रमिक दिनदुखिको लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कोण सभामा बोल्दै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चाम थापाले स्थानीय तहका सबै पदमा काङ्ग्रेसलाई मतदान गरि जिताउन आग्रह गर्दै विकासको जिम्मेवार आफूले लिने बताए ।

नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापाले कम्युनिस्टले निर्वाचनका समयमा अनेक किसिमका प्रलोभन बाड्ने भएपनि प्रलोभनको पछाडि नलागिकन ढुक्क भएर कांग्रेसलाई मत दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गिरिबहादुर थापा , विजय खनाल , प्रमोद खनाल , एैमान सिंह राना , कुमारी राना लगायत वक्ताहरूले काङ्ग्रेस उमेदवारलाई जिताउनुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्