रोट्याक्ट क्लब अफ भीमादको संस्थापक अध्यक्षमा संदेश

  • ख-
  • ख+

भिमाद: रोट्याक्ट क्लब अफ भिमादको संस्थापक अध्यक्ष ( चार्टर्ड प्रेसिडेन्ट) मा संदेश गैह्रे चयन भएका छन् ।

भीमादमा बिहीबार आयोजित कार्यक्रममा क्लब स्थापनाको प्रमाणपत्र प्रदान गरियो ।प्रमुख अतिथि रोटरी डिष्ट्रक्ट ३२९२ का गभर्नर राजीव पोख्रेलले क्लब स्थापनाको घोषणा गरे । रोटरी क्लब अफ दमौलीको स्पोन्सर मा क्लब स्थापना भएको हो । रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा डिआरसीसी सुवास सिग्देल,रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सूर्ज कुमार मल्ल,पूर्व अध्यक्ष इमकुमार मल्ल, वुमन इन रोटरी रिजनल सदस्य विना कैनी,रोट्याक्ट क्लब अफ दमौलीका अध्यक्ष राज श्रेष्ठलगायतले क्लब स्थापनाका लागि बधाई ज्ञापन गरे ।

संस्थापक अध्यक्ष गैह्रे क्लबको उद्देश्य पूरा गर्न सामाजिक क्षेत्रमा गतिविधि बढाउने बताउँछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी