
दमौलीः सरकारले मंगलबार परेको इस्लाम धर्मावलम्बीहरुको प्रमुख चाड ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा घोषणा गरेको हो ।
राजपत्रमा नै यस अघि सार्वजनिक सूचनामा यस्तो व्यवस्था गरिएको थियो ।
रमजान महिनाभर ब्रत बस्ने इस्लाम धर्मावलम्बीले ब्रत समापनपछि यो पर्व मनाउने गरेका छन् । संघ सरकारले नै बिदा दिएका कारण सबै सरकारी संस्थान तथा वित्तिय संस्थाहरु मंगलबार बन्द रहनेछन् ।