स्थानीय तह निर्वाचन ऋषिङः कोइदिमदेखि धारुङसम्म राजेन्द्रकृष्णको घरदैलो

  • ख-
  • ख+

ऋषिङः स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा स्थानीय तह उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

यसैक्रममा तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । निकै फराकिलो गाउँपालिकाको वागडोरमा दोश्रो इनिंग गर्न लागेका श्रेष्ठले गाउँपालिकाले गरेका कामलाई निरन्तरता दिंदै अधुरा काम पुरा गर्न मतदातासँग अन्र्तक्रिया गरेको बताए ।

‘जिल्लाकै विकट भए पनि गाउँपालिकाले पाँच वर्षमा कालोपत्रे सडक, पुल तथा विकासका धेरै पूर्वधार तयार पारेको छ,’ उनले भने ‘अब गाउँमै बस्नयोग्य बनाउन थालेको अभियान पुरा गर्न सहयोग मागेको छु । मतदाता सकारात्मक छन् । ‘

गाउँपालिका उपाध्यक्षमा कांग्रेसले पुनः गिनुमाया थापालाई उम्मेदवार बनाएको छ । चुनावी प्रचारका क्रममा कांग्रेसको गढ मानिएको गाउँपालिकामा श्रेष्ठले पुरानो इतिहास दोहोर्याउने प्रयास गरिरहेका छन् । म पहिलेभन्दा राम्रो मत आउनेमा आशावादी छु, उनले भने ।
गाउँपालिकामा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष हरिराज कँडेल चुनावी मैदानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी