स्थानीय तह निर्वाचनः म्याग्देमा कांग्रेसको घरदैलो

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रचार अभियान थालेको छ ।
अध्यक्ष उम्मेदवार माया राना र उपाध्यक्ष उम्मेदवार बालकृष्ण घिमिरेले संयुक्त रुपमा चुनावी अभियान थालेको कांग्रेस म्याग्दे सभापति रामभक्त घिमिरेले बताए ।


गत पाँच वर्षमा गरेको विकास कार्यकै आधारमा बाँकी काम पूरा गर्न मतदातमाझ गएको उम्मेदवार रानाले बताइन् । फोहोर मैला व्यवस्थापनका लागि ल्याण्डफिल साइटदेखि भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने सम्मको कामहरू आफ्नो पालामा भएको अध्यक्ष उमेदवार रानाले बताइन् ।


आन्तरिक स्वमुल्याङ्कनमा लगातार दुई पटक गाउँपालिका प्रथम हुनु , बेरूजु अति भन्दा अति न्यून रहनु , भौतिक पुर्वाधारमा तिव्र गति लिनु , स्वास्थ्य ,खानेपानी , बाटोघाटो , शिक्षाको क्षेत्रमा काम गर्नु आफ्ना उपलब्धि रहेको भन्दै रानाले बाँकी रहेको काम पूरा गर्नपनि उमेदवार बनेर आएको बताइन् ।
वडा कार्यालय बनिसकेका र अब प्रशासनिक भवन , शभाहल र स्वास्थ्य चौकी भवन बन्ने चरणमा रहेकोले त्यो पूरा गर्ने आफुहरूको चाहना रहेको उपाध्यक्ष पदका उमेदवार बालकृष्ण घिमिरेले बताए । उमेदवार टोली अहिले मनपाङ का विभिन्न भेगमा पुगि मत माग्न ब्यस्त छन् ।

प्रचारप्रसार टोलिमा संलग्न गाउँपालिकाका पार्टी सचिव गौरवराज रानाले मतदाता हरू अत्यन्तै सकारात्मक रहेको पाएकाले काङ्ग्रेस बाट उमेदवार बनेका सबै उमेदवारले जित्ने बिस्वास लिएको बताए । गाउँपालिकामा एमाले बाट श्रीप्रसाद श्रेष्ठ , माओबादीवाट दिलिप श्रेष्ठ , विवेकशील साझा पार्टीबाट बेदबहादुर खत्री लगायतका उमेदवारहरू अध्यक्ष पदका लागि चुनावी मैदानमा भिड्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्