डा केआई सिंहसँग मिलेर राणा विरुद्ध सशस्त्र संघर्ष गरेका आलेको अभिनन्दन

  • ख-
  • ख+

थप्रेक:प्रजातन्त्र सेनानी पदम बहादुर आलेलाई विश्व जेष्ठ नागरिक दिवस तथा आलेकाे ९७आैं जन्माेत्सवका अवसरमा अभिनन्दन गरिएकाे छ। वि.सं. १८८१ साल असाेज १५ गते थप्रेक चण्डीमैदानमा जन्मिएका आलेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रजातन्त्र सेनानी पदम बहादुर आले अध्ययन समितिकाे संयुक्त कार्यक्रम आयाेजना गरी अभिनन्दन गरेकाे हाे ।

अभिनन्दन कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य आशा काेईरालाले जनताकाे मुक्तिका खातिर निरंकुशता विरूद्व भएका आन्दोलनहरूमा आलेले ऐतिहासिक याेगदान पुर्याएको उल्लेख गरिन् ।

पदम बहादुर आले र उनी जस्तै जीवित ऐतिहासिक व्यक्तित्वकाे उच्च कदर, संरक्षण गर्नु परिवार, समाज, राजनीतिक पार्टी र सरकारकाे दायित्व भएकाे उनले बताइन् । “हामीले हाम्रा अग्रजहरूकाे कदर गर्न सक्याै भने मात्रै हाम्राे जिवनकालका महत्त्वपूर्ण याेगदानकाे कदर भावी पुस्ताले गर्नेछन्, जेष्ठ नागरिकहरूकाे अनुभव सुन्ने, उहाँहरूकाे याेगदानकाे संरक्षण गर्ने वातावरण बनाउनुपर्छ, याे हामी सबैकाे कर्तव्य हाे” काेईरालाले भनिन् ।

कार्यक्रममा जेष्ठ कम्युनिस्ट मंचका केन्द्रीय सदस्य दधिराज सिग्देलले “पदम बहादुर आले” एक जिवित ईतिहास भएकाे चर्चा गर्दै राणा शाशन र त्यस पछिका प्रतिगामी व्यवस्था विराेधी आन्दाेलनकाे अध्ययनका लागि तत्कालीन याेद्धा पदमबहादुर जिवितै रहनु एक सुवर्ण अवसर भएकाे बताइन् । नेपालमा गणतान्त्रिक व्यवस्था स्थापना हुनुमा पदमबहादुर आले लगायतका क्रान्तिकारी याेद्धाहरूले तयार पारेकाे पृष्ठभूमि महत्त्वपूर्ण भएकाे सिग्देलकाे भनाई छ।

झण्डै ८ बर्ष ब्रिटिस गाेर्खा सैनिककाे अनुभव बटुल्नुभएका पदमबहादुर आलेले राणा तथा राजाकाे एकतन्त्रीय शाशन विरूद्धकाे आन्दाेलनमा आफ्नाे सैन्य काैशल प्रयाेग गरेका थिए । २००७ साल फागुन १ गते राणा,राजा र काग्रेस बिच भएकाे त्रिपक्षीय सम्झौता धाेका भएकाे भन्दै डा. के आई सिंकाे नेतृत्वमा गठित “युनाइटेड डेमोक्रेटिक पार्टी” मा आवद्ध भई प्रतिगमन विराेधी क्रान्तिमा सहभागी आले केहि समय जेल परेका थिए ।

उनले झण्डै ४ बर्ष डा. के आई सिं सहितकाे समुहमा चीनमा प्रवासी जीवन बिताउनुपरेकाे थियाे । नेकपा शुक्लागण्डकअं वडा नं१ का अध्यक्ष रघुनाथ पाैडेलकाे अध्यक्षतामा सम्पन्न अभिनन्दन कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेताहरू रामचन्द्र उपाध्याय, खुम बहादुर वि.क राजु, सविता रसाईली, मुक्ति तिमिल्सिना, देवलाल खनाल तथा स्थानीय सुरज गुरूङ, भाेजराज बराल लगायतले कम्युनिस्ट आन्दाेलनमा आलेकाे याेगदानबारे बोलेका थिए ।

जन्मदिनमा आफुलाई अभिनन्दन गरिएकाेमा खुशी व्यक्त गर्दै प्रजातन्त्र सेनानी आलेले आमा जैसरा र बाबु बहादुर आलेकाे स्मरण गरे । कार्यक्रममा आलेलाई कपडा, खाट लगायतका उपभाेग्य सामग्री प्रदान गरिएकाे थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी