
दमौलीः व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र रेग्मीले अनिवार्य अवकाश लिएका छन् । बिहिवार व्यास नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमकाबीच रेग्मीलाई बिदाइ गरियो ।
करिब तीन वर्ष व्यास नगरपालिका शिक्षा शाखामा सेवा दिएका रेग्मीलाई बिदाइ गर्दै प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले रेग्मीले अतुलनीय योगदान दिएको बताए । ‘रेग्मी साच्चिकै असल र इमानदार कर्मचारी हुनुहुन्थ्यो उहाँ बाट हामीले धेरै कुरा जान्ने पनि अवसर पायौं,’ सिग्देलले भने ।
५८ वर्ष उमेर पुगेका रेग्मीले अनिवार्य अवकाश पाएका हुन् । अवकाश प्राप्त रेग्मीले व्यास नगरपालिकाको बसाइ अविस्मरणीय रहेको बताए । रेग्मीसँगै नगरपालिकाका इन्जिनियर बिनोद गौतमले पनि बिदाइ लिएका छन् ।
गौतम सपरिवार अमेरिका जाने भएको हुँदा नगरपालिकाबाट राजीनामा दिई बिदाइ भएका हुन् । गौतमले एक दशक बढी नगरपालिकामा सेवा गरेका थिए । बिदाइ कार्यक्रममा कार्यवाहक नगर प्रमुख लेखबहादुर राना,कुमार कञ्चन जिसि लगायत कर्मचारीको उपस्थिति रहेको थियो । यस अघि रेग्मीलाई विद्यालयका प्रअ हरूले बिदाइ गरेका थिए ।