भन्सारः नेपाली कांग्रेस भानुले स्थानीय तह निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि भन्दै संचार माध्यम एवम् सामाजिक सन्जाल समिति गठन गरेको छ ।
बुधबार बसेको कार्य समिति बैठकले यस्तो समिति गठन गरेको पार्टीले जनाएको छ ।
गठित समितिको संयोजकमा नेपाल तरुण दल भानुका प्रवक्ता एवम् नगर सदस्य राजेश कार्की छन् । समितिमा सबै वडाका पार्टी सह–सचिव तथा सबै वडाका तरुण सचिव सदस्य रहेको बुझिएको छ ।