
दुलेगौंडा : नेपाली कांग्रेस शुनपा सचिव पूर्व सञ्चारकर्मी एवं व्यवसायी दीपेन्द्र पौडेलले आसन्न स्थानीय तह निर्वाचनमा शुनपा ३ को वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वडामा आफ्नो बलियो जनाधार रहेको दावी गर्दै पौडेलले जित्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको बताए ।
पौडेल लामो समय पत्रकारिता पेशामा संलग्न रहेका थिए । हाल उनको दुलेगौंडा बजारमा दिपज्योती ग्राफिक्स एण्ड प्रिन्टिङ्ग सोलुसन प्रा.लि. र शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थित टिपिकल भिलेज रिसोर्ट समेत रहेको छ ।
पौडेल अघिल्लो स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सोही वडाबाट वडा अध्यक्षको उमेद्वार रहेता पनि पछि एकिकृत माओवादी संगको चुनावी तालमेलको सिकार भएर उमेद्वारी फिर्ता गर्नु परेको थियो ।
पौडेल व्यापार संगसंगै राजनीतिक, व्यवसायिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । युवासँगै प्रौढमाझसमेत पकड बनाएका उनले आफूले चुनावमा टिकट पाउने आशा राखेको भन्दै चुनाव समेत जितेर देखाउने बताए ।
उनले राजनीतिमा त्याग स्वभाविक भएता पनि पटक पटक त्याग गर्न नसक्ने भन्दै आफु स्वतन्त्र उमेद्वारको रुपमा भए पनि उमेद्वारी दिने बताए ।