स्थानीय चुनावः फेरि चुनाव लड्ने घोषणा गर्दै शुनपा १२ का अध्यक्ष मनराजद्वारा राजीनामा घोषणा

  • ख-
  • ख+

दुलेगौंडाः फेरि चुनाव लड्ने घोषणा गर्दै शुक्लागण्डकी नगरपालिका १२ मा माओवादी केन्द्रका वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिने घोषणा गरेका छन् ।

आफ्नो कार्यकालमा विकास निर्माणमा प्रशस्त काम गरेको जिकिर गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो अनुभव र दीर्घकालिन योजना पूरा गर्नका लागि फेरि चुनाव लड्ने बताएका छन् ।
गुरुङले सामाजिक सञ्जालमा राखेको धारणा यस्तो छ ः

आदरणीय फिरफिरेवासी बुवा आमा
दिदी बहिनी दाजुभाइहरु !
शुक्लागण्डकी नगरपालिका वडा न.१२ को वडा अध्यक्ष पदबाट राजिनामा दिएको छु । २०७४ को निर्वाचनमा यहाँहरुले दिनु भएको ऐतिहासिक जिम्मेवारी कुशलताका साथ पूरा गरेको छु । वडामा पार्टीको तर्फबाट एक्लो प्रतिनिधि, फरक पार्टीको प्रमुख उपप्रमुख हुँदाको अप्ठ्यारो परिस्थितिमा सबैलाई समन्वय गर्दै समग्र फिरफिरेको बिकासको मुल प्रवाहमा लैजानु कम चुनौतीपूर्ण थिएन । मेरो पाँच बर्से कार्यकाल जिवनकै महत्त्वपूर्ण सिकाइ भएको छ । थुप्रै कमिकमजोरी भए होलान तर फिरफिरेवासीको शिर झुकाउने कार्य गरेको छैन बरु फिरफिरेको नयाँ पहिचान दिने प्रयत्न गरे । यस बिचमा केही दीर्घकालीन महत्वोपुर्ण कार्यहरुको सुरुवात गरिएको छ । उद्दमी युवा समृद्ध फिरफिरे कार्यक्रम मार्फत कृषि उत्पादन, पर्यावरण मैत्री फिरफिरे, तमु हिल पार्क, मोटरबाटोहरुको स्तर उन्नति, खानेपानि, बहुउद्देश्यीय सामुदायिक भवन, ग्रामीण पर्यटन लगायत दलित,महिला,युवाहरुको मानवीय बिकासमा गरिएको फरक प्रयास सफल हुनका साथै अर्थपूर्ण रहेको ठम्याइ गरेकोछु । उमेर अवस्थामै बिश्वास गरि यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने महान तथा गौरवशाली पार्टी नेकपा ( माओवादी केन्द्र), फिरफिरेवासी सम्पुर्ण बुवा आमा दिदिबहिनी दाजुभाइहरु प्रती सदैव आभारी छु ।
अन्तमा,
मेरो पाँच वर्षे कार्यकालमा प्राप्त गरेको मुख्य उपलब्धि भनेकै सिकाइ र अनुभव हो । यसबीचमा भएका केही कमिकमजोरीहरुलाई सुधार गर्दै मैले सुरु गरेको दीर्घकालीन योजनाहरु पूरा गर्नको लागि पुनः एक पटक तपाईंहरुको सेवा गर्ने निधो गरेको छु । यस बिचमा मैले प्राप्त गरेको अनुभव र इच्छाशक्तिलाई विश्वास गर्दै समृद्ध फिरफिरे निर्माण गर्ने अभिभारा पुनः प्राप्त गर्नेछु भन्ने विश्वास लिएको छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्