स्थानीय चुनावः भानुमा निर्वाचन अधिकृतको कार्यलय स्थापना

  • ख-
  • ख+

भन्सार ः स्थानीय तहको निर्वाचन प्रक्रिया अन्तर्गत तनहुँको भानुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । भानु नगरपालिकाको मुल प्रशासनिक केन्द्रमा कार्यालयको साइनबोर्ड राखी निर्वाचन कार्यलयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा तनहुँ जिल्लाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, भानु नगर पालिकाका निर्वाचन अधिकृत मीनबहादुर कुँवर, भानु नगरपालिकाका प्रमुख उदयराज गौलि तथा उपप्रमुख आशा , प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकहरू, स्थानीय राजनीतिक दलका प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


आज तनहुँको १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँ प्रमुख हरी प्रसाद ढकालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्