एक लाख बढी दर्शकले अवलोकन गर्दै सकियो शुक्लागण्डकी महोत्सव

  • ख-
  • ख+

खैरेनीटारः शुक्लागण्डकीको खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले दावी गरेको छ ।

महोत्सवको सोमबार पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले समापन गरेका थिए ।
महोत्सवमा २ करोड २९ लाख ३० हजार बराबरको कारोबार भएको प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए ।

भलिबलमा शुक्लागण्डकी पहिलो
महोत्सवकै क्रममा सञ्चालन गरिएको भलिबल प्रतियोगितामा १० टिम पछि पार्दै शुक्लागण्डकी ११ प्रथम भएको छ । उसले ७५ हजार नगद पुरस्कार पायो ।

छिमेकी नवलपुरको वौदिकाली –२ दोश्रो भएर ४० हजार तथा शुक्लागण्डकी १२ तृतीय भएर रु २५ हजार नगद, प्रमाणपत्रका साथमा मेडल जितेका छन् । पहिले खैरेनीटार चैतेदशैं महोत्सव हुँदै आएकामा यसपाली दुई समानान्तर संस्थाको एकिकरणपछि शुक्लगण्डकी महोत्सव भएको हो ।

महोत्सव सफल भएको संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिमालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्