कांग्रेसको युथ प्रचार नेटवर्कमा रबिन पौडेल मनोनित

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवं व्यास ३ का वडा सदस्य रबिन पौडेल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको युथ प्रचार केन्द्रीय नेटवर्कको सदस्यमा मनोनित भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित समितिमा व्यास नगरपालिकाका युवा नेता पौडेललाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा छ ।

नेटवर्कले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदातामाझ सार्वजनिक गराउन भूमिका खेल्ने उप समितिका संयोजक एवं केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए ।

नेटवर्कले स्थानीय निर्वाचनमा सक्रिय भएर काम गर्ने उनले बताए ।
तनहुँबाट ७ थपिए
समितिमा तनहुँबाट पौडेलसँगै रोजनराज बानियाँ, पुरुषोत्तम खनाल, विवेक भट्टराई, सन्तोषराज अर्याल र अनिल भट्टराई पनि सदस्य थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्