
दमौलीः लामो समयसम्म देशमा चासो र चर्चाका रुपमा रहेको अभिनेता पल शाहले बलात्कार गरेको भनि दायर मुद्दामा नयाँ मोड आएको छ । पीडित नाबालिग गायिकाले शाहले बयान दिएको भनी यस अघि दिएको बयान फेरेकी छन् ।
पुर्पक्षका लागि हाल जिल्ला कारागार तनहुँमा थुनामा रहेका शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालत दुवैले पुर्पक्षका लागि थुनामा पठाएका छन् ।
तर फैसलाविरुद्ध पलले पुनरावेदन दिएका छन् । अन्तिम टुंगो लागि नसकेको मुद्दाको प्रक्रियाकै क्रममा ती बालिकाले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेसँगै घटनाले नयाँ मोड लिएको छ ।
यससँगै अब अदालतमा रहेको मुद्दा कमजोर बनेको कानूनका जानकार बताउँछन् ।