पत्रकार अधिकारीलाई जनसेवाश्री

  • ख-
  • ख+

दमौली: सेतीमादी दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।

सम्पादक अधिकारीलाई बिहिबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूूषित गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विभूूषण प्रदान गर्दै बधाई दिइन् ।तनहुँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेर पदक पाउने सम्पादक अधिकारी पहिलो पत्रकार हुन् ।

सम्पादक अधिकारीले तनहुँलाई कार्यक्षेत्र बनाएर दुुई दशक देखि पत्रकारिता गर्दै आउनु भएको छ । अधिकारीले नेपाल टेलिभिजन ,गोरखापत्र दैनिक , न्यूज २४ ,आदर्श समाज दैनिक लगायतका विभिन्न सञ्चार माध्यममा काम गर्नु भएको थियो । अधिकारीको सम्पादक रहेको सेतीमादी दैनिक विगत १६बर्ष देखि दमौलीबाट प्रकाशित हुँदै आई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्