गण्डकी कोरोना अपटेड: शुक्लागण्डकीका ५ सहित ६८ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा बिहिबार ६८ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा प्रदेशका संक्रमितको संख्या बढिरहेको देखिएको छ ।

निर्देशनालयले सार्वजनिक गरेको दिनभरको अपडेटअनुसार तनहुँको शुक्लागण्डकीका ५ जनामा संक्रमणबाहेक जिल्लामा अरु संक्रमणका विवरण आएका छैनन् ।

प्रदेशभरका जिल्लामा संक्रमितको तथ्यांकमा कास्की सबैभन्दा अगाडि छ । कास्कीको पोखरा उपमहानगरपालिकासहित २३ जनामा संक्रमण देखिएको छ ।

छिमेकको लमजुङ जिल्लामा १० जनामा संक्रमण भेटिंदा बाग्लुङमा १० जना भेटिएका छन् ।
संक्रमितहरुमा धेरैजसो भारतबाट आएर क्वारेन्टिन बसेका छन् । तर कन्ट्याक्ट ट्रेसका आधारमा पनि संक्रमित बढिरहेको तथ्यांकले देखाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी