मादी नदी उपत्यका गुरुयोजनाका लागि सम्झौता

  • ख-
  • ख+

मादीमा तालसहित बस्ती विकासका योजना तयार पारिने
दमौलीः
व्यास नगरपालिकाले मादी नदी किनारका क्षेत्रको एकिकृत विकासका लागि गुरुयोजना निर्माणका लागि सम्झौता गरेको छ ।

नगरको पर्यटन प्रवद्र्धनका लागि भन्दै व्यास ३ र ५ मा पर्ने मादी नदीलाई तालका रुपमा विकास गरी अघि बढाउनेसम्बन्धी प्रस्ताव गत वर्ष भएको लगानी सम्मेलनमा पनि प्रस्तुत गरिएको थियो ।

सोही कार्यलाई अघि बढाउनका लागि गुरुयोजना तयार पार्न नगरपालिकाले प्रतिष्पर्धाबाट छनोट भएको कम्पनी ईकोकोड नेपाल तथा प्यारागन जेभीसँग सम्झौता गरेको हो ।

संस्थाले मादी आसपासका १८ किलोमिटर क्षेत्रका ३, ४, ५, ६, ७ र १० नम्बर वडामा बस्ती विकाससहितका कार्यक्रमका लागि पनि गुरुयोजना बनाउनेछ ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले ईकोकोडका प्रतिनिधि प्रवेश अधिकारीसँग यससम्बन्धी सम्झौता गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल तथा ईञ्जिनियर राजु पौडेललगायत सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी