स्थानीय चुनावः राप्रपाबाट भानुको मेयरमा ४ को चर्चा

  • ख-
  • ख+

दमौलीः भानुको नगर प्रमुखका रुपमा इच्छा देखाएका चारमध्ये एकको उम्मेदवारी दिने राप्रपा तनहुँले निर्णय गरेको छ ।

राप्रपाको बिहीबार बसेको बैठकले मेयरमा इच्छा देखाएका विद्यानिकुञ्ज मावि भानु १२ का अवकाशप्राप्त प्रधानाध्इापक शेरजंग अधिकारी,नगर अध्यक्ष विवेक न्यौपाने,भानु – १ निवासी व्यवसायी देवकुमार पिया (दीपक) र भर्खर मात्र एमालेबाट प्रवेश गरेका भानु २ का गत स्थानीय निर्वाचनमा वडा अध्यक्ष काँग्रेससँग झिनो मतले पराजित शिवकुमार खड्कामध्ये एकको नाम सर्वसम्मत बनाउने निर्णय गरेको छ ।

साथै, पार्टीले नगरपालिकाको १२ वटै वडामा उमेदवारी दिने बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष विनोद घर्तीले दमौली न्यूजलाई जानकारी दिए । पार्टीले भानु १ मा देवकुमार पियाको अध्यक्षतमा १५ जनाको वडा कार्यसमिति गठन गरेको छ । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी २५ जनाले राप्रपमा पार्टी प्रवेश गरेको अध्यक्ष घर्तीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी