जंगली च्याउ खाएर महिलाको मृत्यु

  • ख-
  • ख+

म्याग्देः जंगली च्याउ खाएर म्याग्दे ३ धयँरेकी एक महिलाको ज्यान गएको छ ।

गत चैत्र १८ गते जंगलबाट च्याउ ल्याएर खाएकी स्थानीय ४७ वर्षिया सुनीमाया थापा बिरामी परेकामा उनको उपचारका क्रममा आइतबार नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरी नायब उपरीषक युवराज खड्काले जानकारी दिए ।

दमौलीको थापा मेडिकलमा उपचारका लागि दुई दिन पछि लगिएकी उनको सुधार नभए पछि गत २३ चैत्रमा भरतपुर लगिएको प्रहरीले जनाएको छ ।


तनहुँमा जंगली च्याउ सेवनबाट बिरामी पर्ने घटना यदाकदा सुनिए पनि मानिसहरु अझै सचेत नहुँदा अकालमै मृत्युवरण गर्नु परिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्