गण्डकी कोरोना अपटेड : आयल निगममा कार्यरतसहित ३० नयाँ संक्रमित

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशको पोखरामा ३० जनामा कोरोनाको नयाँ संक्रमण भेटिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पोखरा महानगरपालिकामा मात्र आधा भन्दा बढी संक्रमित भेटिएका छन् ।

पोखराका १६ जनामा नयाँ संक्रमण देखिएको छ ।
संक्रमित मध्ये भारतबाट आएका चार जना छन् । आयल निगममा कार्यरत अर्का एकमा पनि संक्रमण भेटिएको छ ।

स्याङजाको भिरकोटमा ३ जना संक्रमित भेटिएका छन् । यसबाहेक नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली र कावासोती नगरपालिकामा गरी ५ जना तथा बाग्लुङको निसिखोला र गल्कोटमा गरी ६ जनामा नयाँ संक्रमण भेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्