
दमौलीः प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा पुन व्रह्मदत्त तिमिल्सिना चयन भएका छन् । समाजको शुक्रबार दमौलीमा सम्पन्न अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गौकुमारि न्यौपाने, सचिवमा ओमकार आचार्य, सहसचिवमा महेन्द्रराज शर्मा र कोषाध्यक्षमा भरतराज काफ्ले छन् ।
यसअघि भएको कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् वरिस्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्रको आधार स्तम्भ नेपाली जनता भएको बताए ।
जिविस महासंघका पूर्व महासचिव डा. शेषरमण न्यौपानेले लोकतन्त्रका आधार स्तम्भबारे प्रस्तुतिकरण दिएको कार्यक्रममा समाजका केन्द्रीय सचिव वासुदेव भण्डारी, नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, क्याम्पस प्रमुख रविन्द्रराज जोशी, प्रदीप घिमिरे लगायतका वक्ताहरूले बोलेका थिए ।
कार्यक्रममा लोकतन्त्रका आधार स्तम्भ विषयक अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा प्रथम , द्वितिय , तृतीय तथा सान्त्वना हुने क्रमशः जनज्योति क्याम्पस भिमादका विवश पराजुली , भानुभक्त क्याम्पस बेलचौताराका हरि खरेल, आदिकवि भानुभक्त क्याम्पस दमौलीका आलिशा वंशी ठकुरी र महर्षि वेदव्यास संस्कृत मावि दमौलीका प्रवेशचन्द्र घिमिरे लाई पुरस्कार वितरण गरिएको थियोे ।