
दमौली: व्यास १२ देउरालीमा एक मोटरसाइकलको ठक्करबाट स्थानीय वृद्धको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय पैदलयात्री ६२ वर्षीय नन्दगोपाल कार्की छन् ।
बिहान सवा १० बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु ७० प १७१९ नम्बरको मोटरसाइकलले ठक्करबाट घाइते कार्कीको
मणीपाल अस्पताल पोखरामा उपचारका क्रममा दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
तस्बिर: फाइल